आँखा उपचारका लागि आई केयर फाउण्डेशनको ११ करोड बढि सहयोग

काठमाडौँ– आई केयर फाउण्डेशनले आँखा उपचार तथा प्रतिरोधात्मक कार्यका लागि ११ करोड १९ लाख १० हजार रुपैयाँ (१० लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ।

आई केयर फाउण्डेशन र नेदरल्याण्डस तथा समाज कल्याण परिषदबिच बिहीबार सम्झौता भएको हो। आगामी पाँच वर्षका लागि गरिएको सम्झौता अवधिमा सो रकम उपलब्ध गराउनेछ।

सम्झौतामा समाज कल्याण परिषदका सदस्य सचिव राजेन्द्रकुमार पौडेल तथा फाउण्डेशनका तर्फबाट कण्ट्री डाइरेक्टर अनिल प्रसाद गोर्खालीले हस्ताक्षर गरेका छन्।

बैशाख २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्