जानकी नवमीमा राष्ट्रपति भण्डारी जनकपुर आउने

फाइल फोटो

जनकपुरधाम- जानकी नवमीको अवसरमा यसवर्ष राष्ट्रपनि विद्या भण्डारी जनकपुर आउने भएकी छिन्।

जानकी जन्मोत्सवमा सहभागि हुन राष्ट्रपति भण्डारी जनकपुर आउन लागेको जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास वैष्णवले बताएका छन्।

वैशाख ३० गते नवमीका दिन विहान ९ बजे राष्ट्रपतिको जनकपुर आउने कार्यक्रम रहेको दासले बताएका छन्।

यस वर्ष पनि जनकपुरधाममा जानकी जन्मोत्सव १५ दिन सम्म मनाईंदै छ।

प्रत्येक वर्ष झै यसवर्ष पनि जानकी मन्दिर परिसरमा जानकी नवमी महामहोत्सव-२०७६ आईतवार देखी विधिवत रूपमा सुरु भएको हो।

पहिलो दिन राम कथा प्रवचन, नवाह रामायण पाठ र साँझ बधाई मंगलगानको कार्यक्रम भएको थियो भने उक्त कार्यक्रमहरु बैशाख ३० गते सम्म जारी रहनेछ।

यस्तै, ३० गते पशचात विशेष कार्यक्रम शुरु हुने महन्थ राम रोशन दासले बताए।

महोत्सवलाई मौलिक र सांस्कृतिक पर्वको रुपमा मनाउन सबैलाई आग्रह समेत गरिएको छ।

महोत्सवमा राम कथाको लागि वृन्दावन उत्तर प्रदेश भारतवाट वाल व्यास संत हरिशरण उपाध्यायलाई बोलाइएको छ।

प्रवचनको लागी मन्दिरको प्रांगणमा पण्डाल निर्माण गरिएको छ भने जानकी मन्दिरको सर सजावट तथा मंदिर श्रृंगार पनि गरिएको छ।

जानकी नवमीमा यस पटक शोभा यात्रा, दुधमतीमा साही स्नान, रामायण मेला, राम र सीतालाई केन्द्रित गरी कवि गोष्ठी, रामायणमा आधारीत प्रश्नोत्तर प्रतियोगिता, मिथिला चित्रकला सम्बन्धि प्रदर्शनी, प्रादेशिक भाषाको सांस्कृतिक कार्यक्रम सहितको कार्यक्रमहरु गर्ने आयोजकले जानकारी दिएको छ।

जानकी नवमीलाइ लिएर यस वर्ष भारतका चर्चित मठाधीश र सन्त-महन्थलाई आमन्त्रण गरिएको छ।

चताराधामका जगद्गुरु कृष्ण दास महाराज, अयोध्याका मैथिली शरण दास, काशी बनारसका महन्थ राजकुमार दास लगायतका एक दर्जन भन्दा बढि महत्मा आउने भएका छन्।

त्यस्तै, रामायणमाथि प्रवचन दिन सिरहा वाट प्रतिनिधि सभा सदस्यमा निर्वा्चित प्रदीप गिरीलाई समेत जानकी जन्म महोत्सवको लागि आमन्त्रण गरिएको छ।

बैशाख २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्