मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

फाइल तस्बिर

पाल्पा–पाल्पाको रामपुरमा मोटरसाइकल र ट्रयाक्टर एकापसमा ठोक्किँदा बिहीबार एक युवकको मृत्यु भएको छ।

रामपुर नगरपालिका–६ नयाँ बजारबाट विजयपुर बजारतर्फ आउँदै गरेको बा ४५ प ८३६८ नम्बरको मोटरसाइकल र किसानबारी बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु ३ त ७९७२ नम्बरको ट्रयाक्टर एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार रामपुर नगरपालिका–५ बाङ्गेपसलका १९ वर्षीय सञ्जु रानाको मृत्यु भएको हो।

उनको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिंह रानाले जानकारी दिए।

मोटरसाइकलमा सवार १८ वर्षीय राहुल सुनारी घाइते भएका छन्। उनलाई उपचारका लागि सदरमुकाम तानसेन लगिएको छ। ट्रयाक्टर चालक प्रहरी नियन्त्रणमा छन्।

बैशाख २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू