होटल व्यवसायी महासंघमा महिला नेतृत्व, राणा अध्यक्षमा निर्वाचित

काठमाडौँ– नेपाल होटल व्यवसायी महासंघले पहिलो पटक महिला नेतृत्व पाएको छ। बिहीबार सम्पन्न साधारण सभाबाट अन्नपुर्ण होटलकी सञ्चालक सिर्जना राणा अध्यक्षमा निर्वाचित भएकी हुन्। उनी यसअघि महासंघको प्रथम उपाध्यक्ष थिइन्।

होटल व्यवसायी महासंघमा प्रथम उपाध्यक्ष नै अर्को पटक अध्यक्ष हुने व्यवस्था रहेको छ। ४६ औं साधारण सभाबाट प्रथम उपाध्यक्षमा विनायक शाह निर्वाचित भएका छन्।

यस्तै दितिय उपाध्यक्ष प्रविण पाण्ड, महासचिव साजन शाक्य र कोषाध्यक्षमा विशाल कुमार चयन भएका छन्। २१ सदस्यीय कार्य समितिमा अरु सदस्य छन्।

बैशाख २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्