आजको मौसम

पानी नपरुन्जेल गर्मी यथावत, तराईँमा ४३ डिग्री

फाइल फोटो

काठमाडौँ – देशका पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमी भूभागमा आंशिक बदली भएपनि बाँकी भूभागहरुमा शुक्रबार मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईँका क्षेत्रमा केही सातादेखि बढेको गर्मी आज पनि कायमै रहने मौसमविदले बताएका छन् । मौसमविद वरुण पौडेलले तत्काल पानी पार्ने मौसमी प्रणाली विकास हुने सम्भावना नरहेकोले गर्मी यथावत रहने जानकारी दिए ।

बिहीबार धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस सम्म पुगेको थियो । मौसमविद पौडेलले पानी नपरुन्जेल अधिकतम तापक्रम नघट्ने जानकारी दिए ।

तर पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।

बैशाख २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्