केजरीवाललाई थप्पड हान्ने युवा भन्छन् ‘अचानक दिमागमा के भयो, अनि हिर्काएँ’

दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई चुनाव प्रचारका क्रममा झापड हान्ने व्यक्तिले केजरीवालसँग आफ्नो कुनै दुश्मनी नरहेको बताएका छन् ।

केजरीवालका कुराले अचानक दिमागमा असर गरेपछि थप्पड हानेको उनले बताएका छन् ।

थप्पड हान्ने सुरेश कुमार चौहानले केजरीवालले मासिसहरुलाई मद्दत गर्न नसकेको आरोप लगाएका छन् ।

‘अचानक दिमागमा के भयो, अनि हिर्काएँ, मैले सोचेको थिए उनी मानिसहरुको मद्दत गर्नेछन् तर उनी जनताको दुःख कसरी हटाउने त्यो कुरा गर्देनन्’ उनले भने, ‘ म आम आदमी पार्टीको कार्यकर्ता होइन तर धेरैपटक र्‍यालीमा गएको छु । मलाई कुनै पार्टीले उनीमाथि हमला गर्न भनेको थिएन ।’

सुरेशले थप्पड प्रहार गरेको घटनामा दुःख प्रकट गरेका छन् ।

दिल्लीको माेती नगरमा केजरीवालमाथि सुरेशले हमला गरेका थिए ।

अरविन्द केजरीवालले यो हमलामा बीजेपीलाई दोषी बताएका छन् । कांग्रेस र बीजेपीले यो हमलाको निन्दा गरेका थिए ।

हाल सुरेश कुमार चौहानलाई हिरासत मुक्त गरिएको छ ।

बैशाख २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू