आईपीएल–१२

इतिहास रच्ने दाउमा दिल्ली, सजिलो छैन बाटो

दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्सका बीच आईपीएल सीजन १२ को दोस्रो क्वालिफायर खेल आज (शुक्रबार) हुँदैछ । यो खेलको विजेताले फाइनलमा मुम्बई इन्डियन्सको सामना गर्नेछ ।

खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

यसअघि चेन्नाई सुपर किंग्सले दिल्लीलाई ८० रनमा समेटेर अंक तालिकाको शीर्ष दुईमा रहने सपना टुटाएको थियो ।

बुधबारको एलिमिनेटर खेलमा तनावपूर्ण अन्तिम ओभरको खेलमा प्राप्त जितका कारण दिल्लीले फाइनल प्रवेशका लागि चेन्नाईको सामना गर्ने मौका पाएको हो ।

पहिलो क्वालिफायर खेलमा चेन्नाई मुम्बईसँग पराजित भएको थियो ।

किफायती बलर कागिसो रावाडा नभएपनि ऋषभ पन्तको आक्रामक लयका कारण दिल्लीका खेलाडीको मनोबल उच्च छ ।

अर्को तर्फ महेन्द्रसिंह धोनीको उतकृष्ट रणनीति चेन्नाईका लागि बलियो पक्ष हो ।

चेन्नाईले दिल्लीलाई लिग चरणका दुवै खेलमा पराजयको स्वाद चखाएको थियो ।

तर आजको खेल जितेर दिल्ली पहिलो पटक आईपीएलको फाईनल पुग्दै इतिहास रच्ने दाउमा छ ।

आजको खेलमा पनि दिल्लीले नेपाली स्पिनर सन्दीप लामिछानेलाई खेलाउने सम्भावना कम रहेको छ ।

बैशाख २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्