विप्लवका नेता पक्राउ गर्न प्रहरीले गोली चलायो, एक प्रहरी घाइते

सांकेतिक तस्बिर।

काठमाडौँ – रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक नेतालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गर्ने क्रममा हवाई फायर गरेको हो ।
शर्मालाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

शर्माले प्रहार गरेको ढुंगा लागेर एक प्रहरी जवान घाइते भएका पनि खड्काले जानकारी दिए ।

बैशाख २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्