प्रहरी हिरासतमा रहेकी पूर्व सभासद साह अस्पताल भर्ना

काठमाडौँ – अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ परेकी पूर्व सभासद् गायत्री साह अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि साहलाई शुक्रबार बिहान पाटल हस्पिटल लगिएको ललितपुर प्रहरीका डीएसपी नारायण चिमोरियाले जानकारी दिए ।

साहलाई अस्पतालको आकश्मिक कक्षमा राखेर उपचार थालिएको छ।

गत आइतबार पक्राउ परेकी साहलाई महानगरीय प्रहरी प्रभाग सातदोबाटोमा राखिएको थियाे ।

बैशाख २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू