मेसिन बिग्रेपछि सिकलसेल एनिमियाका बिरामीको उपचार भएन

बाँके – यहाँस्थित भेरी प्रादेशिक अस्पतालमा ‘सिकलसेल एनिमिया’ जाँच गर्ने मेसिन‘ एचबी इलोक्ट्रोफोरेसिस’ तीन महीनादेखि बिग्रेको अवस्थामा छ ।

मेसिनमर्मत गरी सञ्चालनमा नल्याउदा उपचारका लागि अस्पताल पुग्ने बिरामी निराश भएर फर्कनु परेको छ ।

अस्पतालका सूचना अधिकारी डा सङ्केत रिसालले फागुन महीनादेखि बिग्रेको मेसिन दक्ष इञ्जिनीयर अभावका कारण मर्मत हुन नसकेको बताए ।

सो अस्पतालको सामाजिक सेवा इकाइमा हाल ६६५ जना सिकलसेल एनिमियाका बिरामीलाई विपन्न नागरिक उपचार निर्देशिकाका अनुसार रु एक लाख बराबरको निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको डा रिसालले जानकारी गराए ।

यसैबीच, यहाँस्थित सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले मेसिन बिग्रनुको कारण र मर्मत वा नयाँ खरीद प्रक्रियाका बारेमा अस्पतालसँग सूचना माग गरेको छ ।

केन्द्रका कार्यक्रम व्यवस्थापक रवीन्द्रकुमार ज्ञवालीले आफूहरुले सिकलसेल एनिमियाका बिरामीको सहज उपचारको व्यवस्थाका लागि बाँके र बर्दियाका पैरवी गरिरहेको बताए ।

बैशाख २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्