विप्लव नेता ढकाललाई पक्राउ गर्दा जे देखियो

पत्रकार सम्‍मेलनबाट प्रहरीले पक्राउ गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाल। तस्बिर- बर्षा शाह/देश सञ्‍चार

काठमाडौँ – ११ विद्यार्थी संगठनले अनामनगरमा रहेको युनियन हाउसमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

त्यहाँ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाल पनि सहभागी हुने सुइको प्रहरीले पाइसकेको थियो ।

पत्रकार सम्मेलन सुरु हुनै लाग्दा प्रहरी पुग्यो र ढकाललाई पक्राउ गर्यो ।

कार्यक्रमस्थलबाटै ढकाललाई पक्राउ गरेको भन्दै अन्य विद्यार्थी संगठनले विरोध जनाएका छन् ।

बैशाख २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्