फोटो फिचर

कठिन व्रतपछि रमजानमा रमाए मुस्लिम समुदाय

काठमाडौँ – इस्लाम धर्मावलम्बीहरूमा रमजान पर्वको उत्सव छाएको छ । इस्लामी पात्रो हिजरी संवत् अनुसार इस्लाम धर्मालम्बीहरूको नवौँ महिनालाई ‘रमजान’ भनिन्छ ।

यो महिनाभर दिनभर केही पनि नखाइ निराहार रोजा (व्रत) बस्ने गर्छन्। इस्लाम धर्मावलम्बीहरूको आठौँ महिना अर्थात् ‘साबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरू हुन्छ ।

रमजान सुरू भएको दिनदेखि बिहान व्रत सुरू हुनुपूर्व र साँझ व्रत तोडिनुअघि हरेक दिन नियमितरूपमा नमाज पढ्ने चलन छ।

व्रत समयावधिभर होहल्ला नगरी एकदमै अनुशासित तरिकाले बस्नुपर्ने भएकाले संयमित भएर व्रत बस्ने चलन रहेको इस्लाम धर्मावलम्बीहरू बताउँछन्। यो महिनाभर व्रत बस्नाले आँटेको पूरा हुने विश्‍वास गरिन्छ ।

रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुपूर्व अर्थात बिहान चार बजेभन्दा अघिदेखि सूर्यास्त नहुन्जेलसम्म अर्थात साँझ सात बज्नुभन्दा अघिसम्म कुनै पनि खानेकुरा खाँदैनन् ।

रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलतालगायतका आचरणमा विकास आउने विश्वास छ ।

मुसलमान समुदायको लागि यो खुशीयालीको पर्व हो।

इस्लाम धर्मावलम्बीहरूमा देखिएको रमजानको रौनक देश सञ्चारका फाटो पत्रकार सुलभ श्रेष्ठले क्यामेरामा कैद गरेका छन् ।

 

 

बैशाख २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्