अर्बपति बेजोसद्वारा ‘मुन मिसन अनावरण’, भने, ‘अब चन्द्रमामा मानव पठाउने तयारी हो’

अर्बपति बेजोसद्वारा ‘मुन मिसन अनावरण’, भने, ‘अब चन्द्रमामा मानव पठाउने तयारी हो’

वासिङगटन-अर्बपति एवम् अमेजनका सिइओ जेफ बेजोसले शुक्रबार आफ्नो पहिलो ‘मुन मिसन’को अनावरण गरेका छन्। यसमा उनले कम्पनीको ‘ब्लू ओरिजिन स्पेस प्रोग्राम’ बनाइयो जहाँ नयाँ रकेट र इन्जिन तथा अन्तिक्ष बनाइएको छ।

बेजेसोले उक्त मिसनको अनावरण गर्दै भनेका छन्, ‘यो चन्द्रमा फेर्केर जाने समयको हो। अब हामी अन्तरिक्षको यात्रा तय गर्नेछौर त्‍यहाँसम्‍म पक्कै पुग्‍नेछौ।’

चन्द्रमासम्मको बाटो बनाउने जिम्‍मा मेरो पुस्तालाई


तर जुन मुन ल्‍याण्डलाई देखाए त्यसलाई मात्र वैज्ञानिक उपकरण, स्याटालाइट तथा रोबरले मात्रै चन्द्रमामा पठाउन सक्नेछ। वासिङटनमा नासा तथा अन्‍य कम्पनीको मालिकको उपस्थितिमा बेजोसले अन्तरिक्षमा भौतिक पूर्वाार नभएकाले त्‍यहाँ कुनै पनि काम गर्न सहज नभएको बताए।

उनले भनेका छन्, ‘त्यसकारण मेरो पुस्ताले कम्तिमा चन्द्रमामा भौतिकआधारहरु बनाओस्।ताकी चन्द्रमामा जाने सुविधा समेत लिएर जान पाइयोस्।’

यस्तै बेजोसले आउने समयमा अन्तरिक्ष तथा चन्द्रमामा मानिसहरुको बस्ती बनाउने चाहना व्‍यक्त गरेका छन्। आफ्नो उक्त कार्यक्रमको माध्‍यमबाट उनी अन्तरिक्षको यात्रा सस्तो र सुलभ बनाउन खोजेको अन्तराष्ट्रिय सञ्‍चारमाध्‍यमहरुले उल्लेख गरेको छ।

उनले कार्यक्रममै एउटा यस्तो स्पेश कोलोनीको फोटो देखाए जहाँ मानिससँगै जनावरसहित हरियो घाँस उम्रिएको छ।

नासासँग मिलेर प्रोजेक्टको काम


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै मात्र सन् २०२४सम्‍म चन्द्रमामा दोस्रो पटक मानव पठाउने घोषणा गरेका थिए। नासा यसको लागि नीजी कम्पनीसँग काम गरिरहेको छ।

यस्तै बेजोसको ब्लू ओरिजिन पनि नासासँगै काम गरिरहेको छ। उनले भनेका छन्,’ ट्रम्पले दिएको हेडलाइनलाई चाडै पूरा गर्ने सोचेको छु। त्‍यो निर्धारित समयमै पूरा हुनेछ। किनकी अमेजनले स्पेसक्राफ्टमा सन् २०१६देखि नै काम सुरु गरिसकेको थियो।’

नासा स्पेस एक्ट एग्रीमेन्टको माध्‍यमबाट स्पेस प्रोग्रामको लागि बेजोसलाई करीब ९१ करोड रुपैयाँको लगाउनी लगाउनु पर्नेछ।

बैशाख २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्