दिल्लीले दियो चेन्नईलाई १४८ रनको लक्ष्य

नयाँ दिल्ली– १२ औँ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रकेटको दास्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्सलाई  १४८ रनको लक्ष्य दिएकाे छ।

चेन्नईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा नौं विकेटको क्षतिमा १४७ रन बनाएको हो।

उसका लागि ऋषभ पन्तले ३८, कोलिन मुन्द्रोले २७, शिखर धवनले १८, श्रेयस अयरले १३, इशान्त शर्माले र शेर्फान रुथरफोर्डले समान १० रन बनाए पनि अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फ चेन्नईका हरभजन सिंह, दीपक चहार, रविन्द्र जडेजा र ड्वाने ब्राभोले दुई–दुई तथा इमरान ताहिर एक विकेट लिए।

आजको खेलमा विजयी हुने टोलीले आइतबार आईपीएलको फाइनलमा मुम्बई इन्डियन्सको सामना गर्नेछ।

बैशाख २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्