हावाहुरी तथा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौँ – देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा मेघ गर्जनसहित पार्नी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै हावाहुरी चल्ने सम्भावना पनि छ । स्थानीय वायुको प्रभाव र अरु मौसमी प्रणालीका कारण मौसम बदली हुने भएको हो ।

काठमाडौँ उपत्यकासहितका ठाउँमा बिहानैदेखि घाम लागे पनि दिउँसोतिर बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको बताइएको छ ।

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्