निमार्णमा ढिलाई गरेको भन्दै धनगढी अत्तरिया सडकखण्ड अवरुद्ध, स्थानीय प्रदर्शनमा उत्रे

धनगढी – धनगढी अत्तरिया ६ लेन सडकको काम समयमै सम्पन्न नगरेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।

निमार्णाधिन सडकमा दिनहुँ दुर्घटना समेत हुन थालेपछि आक्रोशित स्थानीय बासिन्दाले सडकखण्ड अवरुद्ध पारेर आन्दोलन थालेका छन् ।

धनगढी अत्तरिया सडकखण्डको राजपुरमा सडक अवरुद्ध पारेका स्थानीय बासिन्दाहरु नाराबाजी गरिरहेका छन् ।

शुक्रबार बेलुका भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय एक युवकको मृत्यु भएको थियो ।

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्