बन्द थियो विमानको लाइट, महिला जागिन् त युवक गरिरहेका थिए यौन शोषण

एक भारतीय पर्यटकलाई इंग्ल्याण्डमा यात्राका क्रममा महिलामाथि यौन शोषण गरेको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको छ ।

हरदीप सिंह नाम गरेका भारतीय व्यक्तिले फ्लाइटका क्रममा निदाइरहेकी युवतीलाई शिकार बनाएका थिए ।

त्यसअघि उनले युवतीसँग कुरा गर्ने प्रयास गरेका थिए ।

हरदीपले त्यतिबेला युवतीमाथि दुष्कर्म गरे जब बाँकी सबै यात्रुहरु सुतिसकेका थिए र फ्लाइटकाे लाइट बन्द गरिएको थियो । युवती जब अचानक बिउझिन् उनले आफूमाथि यौन शोषण भइरहेको थाहा पाइन् ।

३५ वर्षका हरदीप ६ महिनाको टूरिस्ट भिसामा इंग्ल्याण्ड गइरहेका थिए । उनले मुम्बईबाट मैनचेस्टर जाने फ्लाइट लिएका थिए । उनको छेउको सीटमा युवती बसेकी थिइन् ।

यस घटनामा दोषी ठहर भएका हरदीपलाई मिन्शुल क्राउन कोर्टले एक वर्षको जेल सजाय सुनाएको छ ।
सजाय पूरा भएपछि उनलाई भारत फिर्ता पठाइने छ ।

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू