सलमान खान चाँडै पिता बन्दै

बलिउडका दबंग स्टार सलमान खानको प्रेमीका र विवाहका बारेमा धेरै कुरा हुने गर्छ। बलिउडमा धेरै नायिकासँग नाम जोडिएका सलमानकाे उमेरले ५० नाघ्दा पनि विवाह भएको छैन तर उनी चाँडै नै पिता बन्दैछन्।

विवाहको योजना बारेमा धेरै खुलेर कुरा नगर्ने सलमान खान पिता बन्ने तयारीमा छन्। उनी सरोगेसीको माध्यमबाट पिता बन्न लागेका हुन्।

भारतीय संचारमाध्यमले सलमानले सन्तान जन्माउन अभिनेता शाहरुख खान र निर्माता करण जोहरले अपनाएको बाटो पछ्याउन लागेको जनाएका छन्। आफ्ना भान्जा भान्जी र भतिजा भतिजीहरुसँग एकदम रमाउने सलमान खान परिवारमा नयाँ सदस्य सरोगेसीको माध्यमबाट ल्याउन लागेका हुन्।

बलिउडमा एकदमै योग्य अविवाहित पुरुष सलमान जसले धेरै बालबालिकाको पढाईको लागि काम गर्छन्, अहिले उनी आफ्नै सन्तान जन्माउने निर्णयमा पुगेका छन्। तर अभिनेताले कहिले विवाह गर्छन् त्यो भने टुंगो छैन।

बलिउडका धेरै सेलिब्रेटिहरु जस्तै शाहरु खान, आमिर खान, करण जोहर र एकता कपूरले सरोगेसीको माध्यमले सन्तान जन्माइसकेका छन्।

सन् २०१७ को एक अन्तर्वार्तामा सलमानले आफूलाई केही वर्ष भित्रमा सन्तान प्राप्त चाहना भएको बताएका थिए। उनले भनेका थिए, ‘नाई म समय जान आँटेको मान्दिन, तर म पक्का छु कि जब म ७० वर्षको हुन्छु, मेरो सन्तान २० वर्षको हुनेछ। मैले दुई देखि ३ वर्षमा सन्तान जन्माउनेछु। म चाहन्छु मेरो सन्तानको आमा र बाबा दुवै हुन्।’

सलमान अभिनित चलचित्र भारत प्रदर्शनको तयारीमा छ। जुन ५ मा प्रदर्शन मिति राखेको भारतमा सलमानसँग कट्रीना क्याफ देखिँदैछिन्। सलमान अहिले दबंग–३ को छायंकनमा छन्। यो चलचित्र डिसेम्बर २० मा प्रदर्शन हुँदैछ।

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्