होटल याक एण्ड यतिबाट १२ जना पक्राउ

दुबईको नेटवर्किङ कम्पनीका भारतीय प्रतिनिधि किन छिरेका थिए काठमाडौँ?

काठमाडौँ – काठमाडौँको होटल याक एण्ड यतिबाट पक्राउ परेका १२ जना भारतीय व्यापारी दुबईको इन्टरनेसनल साइन ग्रुपका प्रतिनिधि रहेको खुलेको प्रहरीले जनाएको छ ।

यो नेटवर्किङ कम्पनीको भारतमा शाखा कार्यालय रहेको र त्यहाँबाट उनीहरुले अबैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने गरेका थिए ।

नेपालमा पनि आफ्नो नेटवर्किङ बिस्तार गर्ने उदेश्यले यो टोली केही दिन अघि मात्रै काठमाडौँ छिरेको सूचना प्रहरीले पाएको थियो ।

यो समूहबाट ५० लाख रुपैयाँसम्म ठगीमा परेका व्यक्तिहरु प्रहरीको सम्पर्कमा आएका छन् ।

शुक्रबार मात्रै पनि उनीहरुले होटल याक एण्ड यतिमा नेपाली युवाहरुलाई प्रशिक्षण दिएको खुलेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए ।

शुक्रबार मात्रै नेपाली युवाले प्रतिव्यक्ति १२५० डलर उनीहरुलाई बुझाएको फेला परेको प्रहरीले जनाएको छ । डीएसपी बोगटीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्