प्रदेश–१ का उच्च पदस्थ व्यक्ति सम्मानित

मोरङ– हालै प्रदेश–१ को राजधानी घोषित भएको विराटनगरस्थित ब्रह्मकुमारी राजयोग सेवाकेन्द्रले प्रदेश उच्चपदस्थ व्यक्तित्वलाई सम्मान गरेको छ।

शनिबार विराटनगरस्थित केन्द्रको भवन परिसरमा आयोजित कार्यक्रममा प्रदेश–१ प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश–१ का समाजिक विकास तथा योजनामन्त्री जीवन घिमिरे र आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई सम्मान गरिएको होे।

कार्यक्रममा प्रदेश–१ का प्रमुख प्रा.डा तुम्बाहाङले समाजलाई सहि मार्गमा केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताएका बनाए।

त्यसैगरि, कार्यक्रममा समाजिक विकास मन्त्री घिमिरेले सहि विचार सम्प्रेषण र अनुशासनका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको भूमिका उल्लेखनीय रहेको बताएका बताए। मन्त्री घिमिरेले सो संस्थाको सेवालाई विस्तार गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका थिए।

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्