दैलेखमा भएकाे ट्रक दुर्घटनामा चालकको मृत्यु

सुर्खेत– दैलेखमा शनिबार भएको ट्रक दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ।

गुराँस गाउँपालिका–४ सियाकोटमा भएको दुर्घटनामा सुर्खेतको लेकबेशी नगरपालिका–१० का २८ वर्षिय शेरबहादुर थापाको मृत्यु भएको हो।

उनी ट्रकका चालक हुन्। जुम्लाबाट सुर्खेत आउँदै गरेको भे १ क १०८४ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो। दुर्घटनामा सह–चालक गम्भिर घाईते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चालक थापाको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको हो।

दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलका अनुसार सह–चालक २८ वर्षका तपेन्द्र रावत घाइते भएका छन्। रावतको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्