कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

साङ्केतिक तस्बिर

कैलाली– कैलालीको लम्कीचुहा नगरपालिका–७ चाकाबाँडीमा रहेको रोरा नदीमा डुबेर दुई बालकको ज्यान गएको छ।

लम्कीचुहा–७ निवासी मनोज चौधरीका छोरा जिटी फारवेस्ट एकेडेमी हरैयापुरमा कक्षा ४ मा अध्यनरत नौ वर्षीय सुदीप र पर्शु चौधरीका छोरा सोही विद्यालयमा कक्षा ४ मा अध्यनरत नौ वर्षीय समरको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

शनिबार बिहान करीब १० बजेतिर पौडी खेल्ने क्रममा डुबेका उनीहरुको करीब साढे तीन बजेतिर मात्रै शव भेटिएको थियो।  शव टीकापुर अस्पतालमा परीक्षणका लागि पठाइएको वडाध्यक्ष हरिराम चौधरीले जानकारी दिए।

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्