गगन थापा भन्छन्, ‘सरकारले समृद्धिको नारा मात्रै रट्यो, काममा सिन्को समेत भाँचेन’

दाङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बर्तमान सरकारले प्रचारको काम मात्रै गरेको आरोप लगाएका छन्। दाङको श्रीगाउँमा भएको आमसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य थापाले वर्तमान सरकारले समृद्धिको नारालाई सुँगा रटाई गरेको भन्दै काममा सिन्को पनि नभाँचेको बताए।

प्रजातान्त्रिक उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै पुर्ब मन्त्री समेत रहेका थापाले शक्तिशाली सरकार प्रचारमा ब्यस्त रहेको आरोप लगाउदै जनताले अनुभुती हुने गरी काम गर्न आग्रह गरे।

‘अहिलेसम्मकै शक्तिशाली सरकार हो। यसको नेतृत्व गर्ने अवसर  वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई छ। तर,समृद्धिको रटानले जनताले बिकासको महसुस गर्न पाएनन’ उनले भने, ‘वर्तमान सरकाले बहुमतको सदुपयोग गर्न सकेन्।’

नेपाली जनताले दिएको जिम्मेवारी अनुसार वर्तमान सरकारले अपेक्षा अनुसार काम गर्नुपर्ने बताए। ग्रामीण तहमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा सडक पुर्वाधारको आवश्यकता रहेको भन्दै पानी जहाज र रेलको काम पछाडि गरे पनि हुने बताए।

 

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्