श्रीदेवीको अन्तिम फिल्म चीनमा रिलिज, सुरुवात शानदार

एजेन्सी– गत वर्ष निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीको अन्तिम फिल्म ‘मम्’ शुक्रबारबाट चीनमा प्रदर्शनमा आएको छ।

फिल्मले चिनियाँ बक्सअफिसमा शानदार सुरुवात गरेको छ। ‘मम्’ ले पहिलो दिन चीनमा आयुषमान खुरानाको फिल्म अन्धाधुनको रेकर्ड तोडेको छ। फिल्मको पहिलो दिनको व्यापार करिब ११ करोड  भारतीय रुपैयाँ भन्दा बढी रहेको छ जबकी अन्धाधुनले पहिलो दिन सात करोड ३३ लाख बराबरको व्यापार गरेको थियो।

बलिउड ट्रेड एनालिष्ट तरण आदर्शका अनुसार ‘मम’को ओपनिङ अन्धाधुनको भन्दा राम्रो छ। उनले ट्वीट गर्दै फिल्मको पहिलो दिनको कमाई सार्वजनिक गरेका छन्। शुक्रबार रिलिज भएको फिल्मले ११ करोड ४७ लाख भारतीय रुपैयाँ बराबरको कमाई गरेको छ।

रवि उदयावरको निर्देशनमा बनेको फिल्म ‘मम’मा श्रीदेवीका साथै जवाजुद्दीन सिद्दिकी, अक्षय खन्ना र अदनान सिद्दीकी लगायतको मुख्य भूमिका रहेको छ।

अभिनेत्री श्रीदेवीको अन्तिम फिल्म ‘मम’ सन् २०१७ मा रिलिज भएको थियो। जसलाई दर्शक र समालोचकले प्रशंसा गरेका थिए। फिल्म भारतीय बक्स अफिसमा हिट सावित भएको थियो। भारतमा प्रदर्शन भएको दुई वर्षपछि उक्त फिल्म शुक्रबार चिनियाँ बक्स अफिसमा रिलिज भएको हो।

श्रीदेवीको गत वर्ष दुबईमा निधन भएको थियो।

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्