नेपालमा चिनियाँ रेल कति सम्भव?

नेपालमा चिनियाँ रेल कति सम्भव?

काठमाडौँ – केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा देशमा रेल कुदाउने र हिन्द महासागरमा नेपाली झण्डा फर्फर्‍याएको पानीजहाज चलाउने घोषणा गरे।

ओलीको घोषणापछि नेपालमा चिनियाँ रेल आउँछ कि आउँदैन ? प्राविधिक र आर्थिक हिसाबले कति सम्भव छ भन्ने विषय राष्टिय राजनीतिको केन्द्र भागमा छ। केरुङबाट काठमाडौसम्म रेल ल्याउन कठिन भए कार्यान्वयनमा जोड दिनुपर्ने भौतिक पूर्वाधारका विज्ञ तथा अर्थविद्ले जोड दिएका छन्।

शनिबार साझा विवेकशील पार्टीले आयोजना गरेको केरुङ काठमाडौँ रेल बहसमा पूर्वाधारविद सूर्यराज आचार्य र अर्थविद शंकर शर्माले कठिन भए पनि चिनियाँ पक्षलाई विश्वासमा लिएर काम गर्नुपर्नेमा जोड दिए।

शर्माले थोरै सहुलियत ऋण र धेरै अनुदानका लागि सरकारले चीनसँग कुरा गरेर निर्माण कार्य अघि बढाउनु पर्ने बताए ।

त्यस्तै साझा विवेकशिल पार्टीका प्रवक्तासमेत रहेका पूर्वाधार विद आचार्यले रेल निर्माणको विषय जटिल भएका प्राविधिक र लगानीका विषयमा सतही ढंगले बहस भइरहेको भन्दै असन्तुष्टि जनाए ।

सरकार र राजनीतिक नेतृत्वमा रेल मार्ग निर्माण अठोट गरेर बाँकी विषय प्राविधि र आर्थिक स्रोत उटाउने काम सम्बन्धित क्षेत्रका विज्ञलाई नै दिन सुझाव दिए ।

रेलका विषयमा चासो राख्ने डा. रामेश कोइरालाले प्राविधिक र आर्थिक रुपमा नेपालका लागि रेल कत्तिको आवश्यक छ त्यस विषयमा निष्कर्षमा पुग्नुपर्ने बताए ।

उनले अहिले सन् २०३० भित्र काठमाडौँसम्म रेल आउने गरी प्रि फिजिबिलिटी अध्ययन भए पनि कार्यान्वयन नहुने आशंका व्यक्त गरे ।

यस्तो छ रेल विषयमा भएको बहस:

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्