मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

फाइल तस्बिर

सर्लाही– सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।

सिमावर्ती विष्णु गाउँपालिका–४ विश्वनाथपुरमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा सुनिल महतोकी ४० वर्षीया श्रीमती बबितादेवी महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बीआर ३० एच ९४३२ को मोटरसाइकलमा भारतको मेजरगञ्जबाट आफ्नो घर आउँदै गरेको अवस्थामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा बबिताको ज्यान गएको प्रहरीले जनाएको छ।

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्