साउदीले आप्रवासी नागरिकलाई स्थायी आवासको अनुमति दिँदै

सुरा काउन्सिल

एजेन्सी– साउदीले आप्रवासी नागरिकलाई स्थायी बासका लागि अनुमति दिने भएको छ। बुधबार बसेको त्यहाँको मन्त्री परिषद् (सुरा काउन्सिल) बैठकले सो सम्बन्धि विधेयक स्वीकृत गरेको हो। अब त्यहाँका राजाले प्रमाणित गरेपछि यो नियम कार्यन्वयनमा आउने छ।

उद्यमी, लगानीकर्ता र दक्ष आप्रवासीले विशेषअधिकार प्राप्त स्थायी आवासको सुविधा प्राप्त गर्नेछन्। यो नियम कार्यनवयनमा गएपछि आप्रवासी नागरिकले पनि परिवारसहित बस्न, आफन्त भेटघाट गर्न, कामदार लैजान, सम्पत्तिको स्वामित्वर यातायातको साधान लगायतका सुविधा लिन पाउने छन्।

यस्ता आप्रवासीले अनुमतिबिनै साउदी छाड्न र फर्किन पाउने छन्। साउदीका राजकुमारले यो प्रणाली ग्रिन कार्डकै जस्तो हुने बताएका छन्।

 

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्