दक्षिण कोरियामा सबै श्रमिकलाई स्थायी गर्न केसीटीयूकाे माग

एजेन्सी– दक्षिण कोरियामा सबै मजदुरलाई स्थायी गर्न कोरियन मजदुर महासंघ (केसीटीयू) ले दवाव दिएको छ। शनिबार हेवाबाट राष्ट्रपति भवनसम्म दवाव र्‍यालि गरेका थिए।

त्यहाँका राष्ट्रपतिले चुनावका बेला आफुले चुनाव जिते मजदुरको तलव प्रतिघण्टा दश हजार वान पुर्‍याउने घोषणा गरेका थिए। श्रमिक संगठनले अहिले त्यो घोषणा कार्यन्वयन गर्न माग गरेका हुन्। कोरियामा एक करोड १० लाख मजदुर अस्थायी रहेका छन् । उनीहरु सबैलाई स्थायी गर्न मजदुर संगठनको माग छ। तर राष्ट्रपतिले भने माफी माग्दै तत्कालै कार्यन्वयन गर्न संभव नरहेको बताइसकेका छन्।

आप्रवासी मजदुर संगठनका सचिव मधुसूदन ओझाका अनुसार अस्थायी श्रमिकलाई स्थायी गर्नु पर्ने, आइएलओको कन्भेन्सन संसदबाट पारित गर्नु पर्ने, न्युनतम ज्याला १० हजार कोरियन वान प्रतिघण्टा हुनु पर्ने लगायतका माग मजदुर संगठनले संसदमा पुर्याएका छन्।

सबै श्रमिकलाई समान व्यवहार गर्न पनि मजदुर संगठनको माग छ। मजदुर संगठनले ईपीएस प्रणालि खारेज गर्दै डब्लुपीएस प्रणालि लागु गर्न माग गर्दै आएको छ। ईपीएस प्रणालि श्रमिकभन्दा मालिकको पक्षमा रहेको संगठनको दाबी छ। कोरियाले सन् २००७ देखि ईपीएस प्रणालिबाट नेपाली श्रमिक लैजान थालेको छ। त्यहाँ कृषि र औधोगिक क्षत्रमा नेपालीले काम गर्दै आएका छन्।

यो व्यवस्था कार्यन्वयनमा आए त्यहाँ कार्यरत करिव ४० हजार बढि नेपाली प्रभावित हुनेछन्।

 

बैशाख २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्