कनकाई नदीको पुलमा शंकास्पद बस्तु फेला

फाइल तस्बिर

झापा – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नदीको पुलमा शंकास्पद बस्तु भेटिएको छ । आइतबार बिहानै पुलमा शंकास्पद बस्तु देखिएपछि प्रहरीलाई खबर भएको थियो ।

अहिले सुरक्षाका कारण आवत–जावत बन्द गरिएको र प्रहरी टोलीले सुरक्षा दिइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

नेपाली सेनाको चारआली ब्यारेकबाट बम डिस्पोजल टोली पुगेको छ । शंकास्पद बस्तु कसले राखेको भन्ने थाहा भएको छैन ।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्