हावाहुरी तथा मेघ गर्जनसहित वर्षाको सम्भावना

फाइल फोटो

काठमाडौँ – देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान देशभरको मौसम आंशिक बदली हुने र अपराहन्न तिर आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ ।

विशेष गरि मध्य र पश्चिमको पहाडी क्षेत्र तथा पूर्वका इलाकामा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।

केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविदको भनाई छ । प्रि–मनसुनको समय भएकाले मौसम यस्तो भएको जनाइएको छ ।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्