सेन्डिल उद्योगमा आगलागी, लाखौँको क्षति

धनगढी – धनगढीमा थ्री स्टार सेन्डिल उद्योगमा आइतबार बिहान आगलागी भएको छ ।

आगलागीबाट ३५ लाख बराबरको क्षति भएको सञ्चालक जगदीशदत्त जोशीले जानकारी दिए ।

एक मोटरसाइकलसहित उद्योगका सम्पूर्ण सामग्रीहरु नष्ट भएका उनले बताए ।

धनगढी उपमहानगरपालिकाको दमकलको सहायताले प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्