दुश्मन भनि चिनिएका वर्षा राउत र वर्षा शिवाकोटीको एक अर्कालाई यस्तो प्रतिक्रिया!

काठमाडौँ– एउटै ब्यानरबाट नेपाली चलचित्र क्षेत्रमा आएका नायिका हुन्, वर्षा राउत र वर्षा शिवाकोटी। विकास राज आचार्यको ‘नाई नभन्नु ल’ को दास्रो सिरिजमा वर्षा शिवाकोटी देखा परिन् भने वर्षा राउतले चोथो सिरिजबाट डेब्यू गरेकी हुन्।

दुवैको नाम एकै भएपनि करिएर भने एकै गतिमा बढेन। राउत शिवाकोटीभन्दा पछि चलचित्र क्षेत्रमा आएपनि छलांग मारिन्। त्यसैले चलचित्र क्षेत्रमा शिवाकोटीको राउतसँग सम्बन्धमा तिक्तता आएको आँकलन गरिन्छ।

एकै क्षेत्रमा रहेर पनि कम भेटघाट गर्ने यी नायिकालाई बेलाबेला दुश्मन भएको व्याख्या हुन्छ। चलचित्र गोपीको छायांकनको क्रममा पनि यो कुरा उठेको थियो। गोपीमा वर्षा शिवाकोटीले गर्छु भनेको चलचित्रलाई अन्तिम समयमा आएर छोडेकी थिइन् र नायिका राउत यो चलचित्रमा अनुबन्धित भएकी थिइन्। यी दुईले सँगै गायिका सिन्धु मल्लको तिज गीतमा नाँचेका पनि छन्।

जेठ ३ गते दुईओटा नेपाली चलचित्र प्रदर्शनमा आउँदै छ। वर्षा राउत अभिनित ‘जात्रै जात्रा’ र वर्षा शिवाकोटी अभिनित ‘विर विक्रम –२’ । दुई नायिकाको चलचित्र एकै मितिमा प्रदर्शन हुँदा चलचित्र नगरीमा राउत र शिवाकोटीको दुश्मनीको प्रसंग चलेपछि नायिका वर्षा शिवाकोटीले लामो स्टेटस लेखेर फेसबुकमा पोस्ट गरेकी छन्।

भावनात्मक सन्देश लेख्दै शिवाकोटीले मायालु सम्बोधन सहित लेखेकी छन्, ‘खै कसले भनेछ हामी दुश्मन अरे । हामीले एक अर्काको अस्तित्व स्वीकार गर्न सकेनौँ अरे । हामी प्रतिस्पर्धी पक्कै हौँला, एकै क्षेत्रमा काम गरिरहेका छौँ । त्यसलाई अस्विकार न तिमीले गर्न सक्छौ न मैले । एकै ओछ्यानमा सुते पछी खुट्टा लाग्नु त स्वाभाविक नै हो नी होइन र रु हिजो एकै फ्रेममा अटाएका हामी आज एक अर्काको दुस्मन बनाइएका छौँ । के साच्चै तिमी मेरो र म तिम्रो दुश्मन हौँ र रु हामी बिचमा कहिल्लै केही कुरामा असमझदारी आएका छन् र रु न तिमीले मेरो नाममा न मैले तिम्रो नाममा कहिल्लै कसैसामु सङ्कुचित भावना राखेर कुरा काट्दै हिँडेका छौँ ।

तर पनि हामी एक अर्काका दुश्मन कसरी बन्यौँ रु एकै परिवारका दुई सदस्य हामी आखिर यो बजारमा भनिएको जस्तै दुश्मनी बोकेर बसेका छौँ र ? तिमीले तिम्रो कर्म गरिरहेकी छौ मैले मेरो कर्म । कर्म फरक फरक गरे पनि धर्म त हाम्रो उही कलाकारिता नै हो नी होइन र रु भोगाई र मर्म तिम्रो र मेरो उस्तै त छ नि छैन र ? हामीले एकै ब्यानरबाट चलचित्र क्षेत्रमा पाइला टेक्यौँ । हिजो म्युजिक भिडियो अभिनयमा छँदा पनि हाम्रो सुरुवात खासै फरक समयमा भएको जस्तो मलाई लाग्दैन । दिन फरक भए होला समय पक्कै फरक थिएन । फेरि त्यही समयमा फर्कौँ जहाँ हामी एकै फ्रेममा रमाएका थियौँ । यो भन्दै गर्दा फेरि केही दिनमा फेरि सुन्न पाइनेछ जेठ ३ मा दुई बर्षाको भिडन्त । तर, म भन्छु जेठ ३ गते हाम्रो भिडन्त होइन मिलन हुनेछ हल हलमा । हामी सँगै लाग्दैछौँ । एकै फ्रेममा नदेखिए पनि उही पर्दामा पालो पालो देखिनेछौँ । जात्रै जात्राको लागी तिमीलाई शुभकामना ।’

वर्षा शिवाकोटीको यो स्टेटसमा राउतले रिप्लाई गरेकी छन्, ‘त्यै त है हामीलाई थाहा नै नपाई एक अर्काको दुश्मनको बिल्ला भिराएछन् ! फुलको आखामा फूलै संसार ! मेरो केहि भन्नु छैन ! मुख्य कुरा हामीले एक अर्का लाई कसरी लिन्छौ भन्ने हो ! हामी आफ्नो आफ्नो काम मा व्यस्त हुदा कुराकानी भेट घाट पातलो भएको पक्कै हो यसको मतलब दुश्मन कुन कोण बाट भयौ भन्ने हरु लाई नै थाहा होला । हामी कलाकार आज एउटासँग भोलि अर्को सँग काम गर्न पर्ने हुन्छ । हाम्रो आफ्नो भनेको काम हो । कुन फिल्म कहिले आउने भन्ने हाम्रो कुनै हात हुँदैन । यसमा कुनै हाम्रो गल्ति देख्दिन । म पनि यहि कुरा सोच्दै थिए तिमीले मेरो मनकै कुरा लेख्यौ ।तिमीलाई पनि बिरबिक्रम २ को शुभकामना ! समग्र मा हामीलाई शुभकामना ! बाकी भेटमा है साथी !’

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्