पर्सामा एक बालकको रहस्यमय मृत्यु

साङ्केतिक तस्बिर

वीरगञ्ज– पर्साको जगरनाथपुर गाउँपालिकामा शनिबार राति एक बालकको रहस्मय मृत्यु भएको छ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिपरडाँडी बस्ने रघुनाथ महतोका ८ बर्षीय छोरा मुरत महतोको रहस्मय तरिकाले ज्यान गएको पर्सा प्रहरीले जनाएको छ।

शनिबार राति घरबाट चर्पी बस्न खेततिर जान्छु भनी गएका बालकलाई गाउँलले बेहोस अवस्थामा फेला पारेका थिए। बेहोस अवस्थामा फेला परेका बालक महतोलाई उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा ज्यान गएको थियो।

घटनाका शंकास्पद रहेकाले बालकको मृत्यु कसरी भयो भन्ने बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्