ठूलो पर्दाका कलाकारहरु म्युजिक भिडियोतर्फ मोहित

काठमाडौँ- ठूलो पर्दाका नेपाली कलाकारहरु म्युजिक भिडियोतर्फ आकर्षित हुन थालेका छन्। युट्युबमा तत्कालै भ्यूज र नाम पाउने भएपछि उनीहरु ठूलो पर्दासँगै म्यूजिक भिडियोतर्फ आकर्षित हुन थालेका हुन्।

विशेषगरी नेपाली चलचित्रकी व्यस्त नायिका प्रियंका कार्कीदेखि आँचल शर्मा, पल शाह, दिलिप राएमाझि पनि धमाधम म्यूजिक भिडियोमा देखिन थालेका हुन्।

चलचित्र क्षेत्रमा आफ्नो अभिनयले नाम कमाएका नामी कलाकार म्यूजिक भिडियोलाई देख्दा म्यूजिक भिडियोको भ्यूज पनि राम्रै आउँछन्। कलाकारहरु पनि म्यूजिक भिडियोमा धेरै व्यस्त देखिन्छन् उनीहरु चलचित्रमा काम गर्दागर्दै अथवा खाली समयमा म्युजिक भिडियोमा काम गरिरहेका हुन्छन्।

प्रियंका कार्की र आयुष्मान देशराज जोशी


यो जोडी रिल लाइफसँगसँगै रियल लाइफका पनि जोडी हुन्। झण्डै एक वर्ष अगाडि आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेका यी जोडिलाईसँगै काम गर्ने अवसर आए।

‘चङ्गा चेट’ मा जोडी बनेर काम गरेका यो जोडिलाई धेरै म्यूजिक भिडियोमा देख्‍न सकिन्छ। कतिपय गीत आफैले गाएका छन् भने कतिपयमा नाँचेका छन्।

आँचल शर्मा


भिडियोमा पछिल्लो समय व्यस्त नायिका हुन् आँचल शर्मा। गएको सातामात्र आँचल अभिनित चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको छ। यही चलचित्र सुटिङका बिचमा पनि आँचल भिडियो सुटिङको काममा व्यस्त थिइन्।

यो बाहेक नायक पल शाह, नायिका वर्षा राउत, दिलिप रायमाझी, नायिका सुरक्षा पन्त पनि म्यूजिक भिडियोमा व्यस्त छन्।

ठूलो पर्दामा रहेर सबैको दिमागमा छाप पारेका यी कलाकार म्यूजिक भिडियोमा पनि असाध्यै रुचाइएका छन्।

 

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू