नन्दिकेश्वर बगैँचा सरसफाई

काठमाडौँ – काठमाडौँको नक्शालस्थित समुदाय प्रहरीको साझेदारीमा नन्दिकेश्वर बगैँचा सरसफाई गरिएको छ।

नक्सा नारायण चौरस्थित सानीमा बैंक, सशस्त्र पहरी गण नम्बर १, महानगरीय प्रहरी वृत्त, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाले संयुक्त रुपमा नन्दिकेश्वर बगैँचा सरसफाई गरेका हुन् ।

करिब १९ रोपनी क्षेत्रफल रहेको यस पार्क नक्साल लगायत वरिपरिका स्थानीय बासिन्दाहरुको बिहानी तथा साँझपख व्यायाम गर्ने, विश्राम गर्ने, बालबालिका लागि खेल खेल्ने, साथीभाई भेटघाट गर्ने स्थानको रुपमा चर्चित छ ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठले नन्दिकेशरी बगैँचाको पुर्नस्थापना देखि नै सानिमा बैंकको निरन्तर सहयोग रहेकोले आभार व्यक्त गरे ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले नन्दिकेशरी बगैँचाको नजिकै रहि काम गर्न पाएकोमा सानिमा बैंकका कर्मचारी भाग्यमानी रहेको बताए ।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्