बन्‍नेभयो ‘बाह्र-सत्ताइस’

काठमाडौँ– चलचित्र ‘बाह्र-’ निर्माण हुने भएको छ। ह्याप्पी प्लानेट फिल्मस् र कमेरो स्क्रिनको ब्यानरमा चलचित्र ‘१२ बन्‍ने भएको हो ।

यी चलचित्रबाट निर्देशक जौन योञ्‍जनले डेब्यू गर्दै छन्। जौन योन्जनको निर्देशन तथा लेखनमा निर्माण हुन लागेको चलचित्रमा रेनु राणा, दीपक खतिवडा र रुपक थापाको सयुक्त लगानी छ ।

संगीतकार दीपक आर।जे।को संगीत रहने चलचित्रमा गीतकार प्रकाश मल्लको शब्द छ। चलचित्रमा समिर श्रेष्ठ, अविशेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एवन राज उप्रेती, भिष्म जोशी र अस्मिता खनालको मुख्य भूमिका रहने छ ।

चलचित्रको छायांकन बैशाख ३१ गतेबाट फ्लोरमा जाने छ।

चलचित्रको सम्पादन कृष्ण भण्डारीले गर्नेछन् भने चलचित्रको छायांकन अनिश स्याङदेनले गर्ने भएका छन्।

चलचित्र असोजमा प्रर्दशन हुने बताइएको छ।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्