भदौ २५ देखि भृकृटीमण्डपमा ‘फर्नेक्स एक्सपो २०१९’ हुने

काठमाडौं-विगतका ६ वर्षदेखि गर्दै आएको फर्निचर तथा फर्निसिङ मेलालाई यस वर्ष पनि निरन्तरता दिने भएको छ।

राजधानीको भृकृटीमण्डपमा भदौ २५ देखि २९ गतेसम्म फर्निचर तथा फर्निसिङ मेला ‘फर्नेक्स एक्सपो २०१९’ हुने भएको छ।

विगतका मेलाहरुको अपार सफलतापछि फर्निचर तथा फर्निसिङ वस्तुहरुको प्रवद्धन गर्न सातौ संस्करणको आयोजना गरिएको हो।

पाँच दिनसम्म चल्ने मेलामा स्वदेशी तथा विदेशी गरी डेढ सय फर्निचर र फर्निसिङ सामाग्रीका स्टल रहनेछन्। उक्त अवधिमा ९० हजार अवलोकनकर्ताको सहभागिता हुने अपेक्षा गरिएको कार्यक्रमका अध्यक्ष रुपेश प्रधानले बताए।

गत वर्ष मेलामा ७५ हजारभन्दा बढी उपभोक्ताले अवलोकन गरेका थिए।बद्लिदो आधुनिक जीवन शैली सँगै बढ्दै गएको आन्तिरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने विश्वास छ।

करिब ५० प्रतिशत बजार हिस्सा ओगट्न सफल नेपाली फर्निचर तथा फर्निसिङ उद्योग आफ्नो बजार विस्तार गर्न राम्रो वातावरणको पर्खाइमा छ।यस प्रकारको मेलाले स्वदेशी उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने प्रधान अध्यक्षले जानकारी दिए।

मेलामा किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामाग्री, होम डेकोर, अफिस फर्निचर, हस्पीटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इण्टेरियर डिजाइन,वास्तु परामर्श प्रदर्शनीकाको मुख्य आकर्षक रहेने छन्।

प्रदर्शनीमा फर्निचर फर्निसिङका नविनतम सामाग्रीका प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउनुका साथै फर्निचर फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाले टेवा पुर्याउने अपेक्षा गरिएको छ।

यस सातौ संस्करणको मेलाको स्टल बुकिङ् आजैबाट शुरु भएको जानकारी गराउदछु।यस मेलाको व्यवस्थापन इभेण्ट सोलुसन प्रा.लि ले गर्ने भने नेपाल उद्योग वाणिज्य महासंघले मेलालाई प्रवद्र्धन गर्नेछन्। मेलाका लागि स्टल बुकिङ् आइतबारबाटै सुरु भएको छ।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्