सेञ्चुरीले सुरु गर्‍यो गाउँगाउँमा वित्तीय साक्षरता अभियान

काठमाडौं-सेञ्चुरी कमर्सियल बैंकले गाउँगाउँमा वित्तीय साक्षरता अभियान सुरु गरेको छ।

सरकारले सबै नागरिकलाई बैंकमार्फत कारोबार गराउन साथै सबै नेपालीको बैंक खाता अभियानलाई पूरा गराउन बैकले सो अभियान सुरु गरेको हो।

यस अभियानलाई पनौती नगरपालिका र बेथानचोक गाउंपालिकालाई लक्षित गरेर बैंकले एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो।

सो कार्यक्रममा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त-विद्युतीय वित्त सम्बन्धी जानकारीका दिएको छ।

सामाजिक उतरदायित्व अन्तर्गत सो कार्यक्रममा २ सय जनाभन्दा बढीको सहभागी थियो।

कार्यक्रमको उद्घाटन गर्दै पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराले कृषि र पशुपालनलाई छनोट गरेर आएको सेञ्चुरी बैंकलाई नगरले समन्वय गरेर कार्यक्रम गर्ने प्रतिबद्धता जनाउंदै बैंक वास्तविक किसानसम्म पुग्न सक्नुपर्ने सुझाव दिएकी छन्।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाह लगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुंच बढाउन गाउंगाउसम्म वित्तीय साक्षरता अभियान सुरु गरिरहेको बताए।

स्थानीयहरुले बैंकसम्बन्धी थुपै जिज्ञासा राखेका थिए सोहि सम्बन्धमा बैंकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले स्थानीयका सहुलियतपूर्ण कर्जा सम्बन्धी जिज्ञासाहरु बारे प्रकास पार्नुका साथै बैंकले दिइरहेको सेवा सुविधाबारे जानकारी दिए।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्