प्रदेश-२ मा सोमबार सार्वजनिक विदा, राष्ट्रपति जनकपुर आउने

जनकपुरधाम– जानकी नवमीको अवसरमा प्रदेश–२ सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।

जानकी जन्मोत्सवको अवसरमा प्रदेश–२ सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो।

जनकपुरमा धुमधामका साथ मनाईने जानकी नवमीको अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आउने भएकी छन्।

सप्ताहव्यापि रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाउने छन्।

यस्तै जानकी नवमीको अवसरमा शुभकामना दिँदै प्रदेश–२ का मुख्यमन्त्री लालबावु राउतले जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश–२ को गरिमालाई विश्वस्तरमा स्थापित गर्ने बताए। उनले यस पर्वको गरिमाको संरक्षण, सम्वर्द्धन र प्रचार–प्रसारमा प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने बताए।

वैशाख शुक्ल नवमीलाई जानकी नवमीको रुपमा मनाउने गरिन्छ।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्