नेपाल इन्भेष्टमेण्ट बैंकको ८०औं शाखा सुनसरीमा

काठमाडौं-नेपाल इन्भेष्टमेण्ट बैंकले ८०औं शाखा विस्तार गरेको छ। सुनसरीको देवानगंज गाँउपालिकामा शाखा विस्तार गरेको हो।

बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं. १ मा शाखा थप गरेको हो।

देवानगंज बजारमा खोलिएको शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्नेछ । बैंक परिसर भित्रै केही समयमा नै एटिएम सेवा पनि संचालनमा ल्याउने बैंकले जनाएको छ।

देवानगंज गाँउपालिकाकी उपाध्यक्ष पुनिता देवी यादवले उद्घाटन गरेकी हुन्। । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो।

हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ।

सातै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखाहरुमा एक सय १२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र र ५१ वटा शाखारहित बैंकिङ सेवा मार्फत बैंकले आफ्ना ग्राहक उच्चतम स्थान दिएको बैंकले जानकारी दिएको छ।

बैंक अफ द इयर पाँच पटक प्राप्त गरिसकेको नेपाल इन्भेष्टमेण्टले बैंक उत्कृष्ट सेवा तथा व्यवसायमा गरेको अब्बल प्रदर्शनका कारण युरोमोनि नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमोनि अवार्ड ‘बेस्ट बैंक २०१८’ प्राप्त गर्न सफल भएको छ भने यसै वर्ष इक्रा नेपालदरा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्मा ए बाट ए पल्स ल्याएर स्तरनोन्ति गर्न सफल भएको छ।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्