संगीतकार शम्भूजीत बाँस्कोटालाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’

काठमाडौं-सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ २०७५ सालको गायनतर्फ बरिष्ट गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भूजीत बाँस्कोटालाई जनही पुरस्कारबाट सम्मान गरिएको छ।

उनले सम्मान स्वरुप ५० हजार १ रुपैया पाएका छन्।

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशकचन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका हुन्।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केही बर्ष यतादेखि संगीत र कलाको क्षेत्रमा महत्तवपूर्ण योगदान पुर्‍याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिदै आएको छ।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्