पाँच लाख घुससहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

नेपालगञ्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सामुदायिक वनका दुई पदाधिकारीलाई पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

आयोगकाे कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले राप्तीसोनारी–१ मा रहेको लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुनालाई घुस लिदालिदै पक्राउ गरेको हो।

आयोगका प्रवक्ता कृष्ण पौडेलका अनुसार, सामुदायिक वनको काठ टेण्डर मिलाइदिने भन्दै अध्यक्ष कामी र कोषाध्यक्ष खुनाले कुसुम बैरियामा बोलाएर पाँच लाख घुस बुझेका थिए। घुससहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए।

केही दिनअघि मात्रै अख्तियारको टोलीले उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका कर्मचारीलाई घुस लिँदालिदै पक्राउ गरेको जनाएको थियो ।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्