सार्वजनिक सुनुवाइमा प्रश्न:सामाजिक सुरक्षा भत्ता बितरणमा ढिलाइ किन ?

दाङ-पदमप्रसाद शर्माले सामाजिक सुरक्षा भत्ता चैत भित्र पाउनु पर्ने हो। तर बैशाख अन्तिम साता हुदा समेत उनले सामाजिक सुरक्षा भत्ता बुझन पाएनन।`हरेक चौमासिकमा सामाजिक सुरक्षा भत्ता दिनुपर्ने व्यवस्था छ । तर, हामी जेष्ठ नागरिकलाई भत्ता ढिलो दिएर सम्मान गर्न खोजेको हो कि अपमान गर्न खोजेको?´

गढवा गाउँपालिकाले आइतबार वडा नम्बर १ कुलपानीमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा शर्माले सामाजिक सुरक्षा भत्ता बितरणमा ढिलाइ हुदा जेष्ठनागरिकलाई अन्याय भएको गुनासो पोखे।

कुल योजना ३१८, योजना कार्यान्वयन भएको १७०, सम्पन्न योजना तथा कार्यक्रम ६१, योजना तथा कार्यक्रम हुन बाँकी १४८ योजना । अार्थिक मसान्त सकिन आटेको समयमा योजना सम्झौता हुन १४८ योजना बाँकि किन रह्यो भनेर खगेश्वर शर्माले प्रश्न गरे ।

यस्तै लक्षित वर्गको वृद्धि विकास र उत्थानको लागि कार्यक्रम प्राथमिकता नपर्नुको बारे चन्द्र परियारले प्रश्न राखे ।

सार्वजनिक सुनुवाइमा सहभागीको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष शहजराम यादवले सामाजिक सुरक्षा भत्ता बितरणमा ढिलाइ भएको स्विकार्दै अागामी दिनमा समयमै भत्ता उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे।`निश्यच पनि भत्ता बितरणमा केही ढिला भएको हो ।

आगामी दिनमा समयमै उपलब्ध गराउन प्रतिबद्धता व्यक्त गर्दछु´उनले भने-`नियम परिधिभित्र रहेर सबै काम गर्दै छौं। जनताको जीविकोपार्जनमा परिवर्तन गर्न योजना वद्द रुपमा अघि बढेका छौ।´

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिमराम ओलीले लक्षित बर्गको योजना कार्यान्वयन गर्न गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरेर अघि बढ्नुपर्ने बताए। उनले योजना कार्यान्वयनमा सहजता ल्याउन उपभोक्ता समितिलाई सकृय बनाउनु पर्ने धारणा राखे।

गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा उपाध्यक्ष शान्ति चौधरी, वडा नम्बर १ का अध्यक्ष बावुराम अधिकारी, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक अशोक कुमार यादवले जवाफ दिए।

कार्यक्रममा नेकपा गाउँपालिका सचिव यमनारायण पोखरेल, राष्ट्रिय जनमोर्चाका सल्लाहकार चित्रबहादुर एमाले सुझाव सहितको धारणा राखे।

बैशाख २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्