विश्व नम्बर एक जोकोविचले जिते मड्रिड ओपनको उपाधि

विश्व नम्बर एक नोभाक जोकोविचले मड्रिड ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार राति भएको फाइनलमा नवौँ बरियताका स्टेफानोस टित्सिपासलाई पराजित गरेर उपाधि जितेका हुन् ।

३१ वर्षका सर्बियन जोकोविचले २० वर्षका ग्रिक खेलाडी स्टेफानोसलाई ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् । उनले तेस्रोपटक मड्रिड ओपन टेनिसको उपाधि जितेका छन् ।

जोकोविचले जितेको ३३ औँ मास्टर्स १००० उपाधि हो । स्टेफानोसले राफायल नाडाल तथा जोकोविचले डोमिनिक थिमलाई हराएर फाइनलमा स्थान बनाएका थिए ।

बैशाख ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्