४२ रन खर्चेका मलिंगाले कसरी पल्टाए बाजी?

प्राय खेलमा आश्चर्य र असम्भवलाई सम्भव पारिएका उदाहरणहरु धेरै हुन्छन् । क्रिकेट पनि एक यस्तो खेल हो जहाँ हार र जित एक सेकेण्डमा तय हुन्छ । यसै कारण क्रिकेटलाई अनिश्चितताको खेल भन्ने गरिन्छ ।

यस्तै अनिश्चितताको खेलको एक अप्रत्याशित मोड आइतबार राति हैदराबादमा चेन्नई सुपर किंग्स र मुम्बई ईन्डियन्सबीच आईपीएलको फाइनल खेलमा हेर्न पाइयो।

चेन्नई सुपर किंग्सका सामु जितका लागि १५० रनको मध्यम लक्ष्य थियो । यो लक्ष्य प्राप्त गर्नका लागि अगाडि बढिरहेको चेन्नईका सामु १२ बलमा १८ रन आवश्यक थियो र ६ विकेट बाँकी नै थियो ।

शेन वाट्सन दोस्रो क्वालिफायर खेल जस्तै फाइनलमा पनि फममा थिए र अनुमान गरिएको थियो कि मुम्बई ईन्डियन्ससँग तीन पटक हारेको बदला चेन्नईले फाइनलमा अवश्य लिनेछ ।

१९ औँ ओभरको अन्तिम बलमा विकेट किपर क्विन्टन डी ककले हातमा आएको बल छोडे र त्यो बल चौकाका लागि दगुर्यो ।

यो चौकाले चेन्नईलाई अझ धेरै तागत दियो । अब ६ बलमा मात्र ९ रन आवश्यक थियो । शेन वाट्सन क्रिजमा थिए ।

तर अन्तिम ओभरका ६ बलमा जे भयो त्यसको कल्पना मात्रै गर्न सकिन्छ । २० औँ ओभरको अन्तिम बलमा चेन्नईलाई जितका लागि दुई रतको जरुरत थियो तब लसिथ मलिंगाले शार्दुल ठाकुरलाई एलबीडब्ल्यू आउट गरे ।

आईपीएलमा सबैभन्दा धेरै विकेट लिने मलिंगाले अहिलेसम्म एक सय भन्दा धेरै म्याच खेलेका छन् । तर, अनुभव र प्रतिभाका बाबजुद अन्तिम ओभरको दबाब जुनसुकै बलरमा धेरै हुन्छ ।

मलिंगाले अन्तिम ओभरअघि राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । शेन वाटसन र ब्रावोले उनको तीन ओभरमा ४२ रन हिर्काएका थिए ।

धेरैले अनुमान गरेका थिए कि यस्तो अवस्थामा अब मलिंगालाई मुम्बईले अन्तिम ओभर दिने छैन । तर कप्तान रोहित शर्माले मलिंगाको अनुभवमाथि भरोसा गरे र उनको फैसला सत्य साबित पनि भयो ।

यो सीजनको १२ म्याचको अन्तिम ओभरमा मात्रै मलिंगाले १६ विकेट लिएका छन् ।

मलिंगाले फाइनल खेलमा चार ओभर खेल्दै ४९ रन खर्चेर एक विकेट लिए ।

यदि अन्तिम बलमा विकेट लिन सकेका थिएनन मलिंगाले भने उनी मुम्बईको हारको कारण बन्ने थिए र सामाजिक सञ्जालमा आलोचनाका शिकार हुने थिए ।

तर भाग्यले उनलाई साथ दियो र उनी विजेता बनेर उभिए ।

बैशाख ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्