सालहलाई अन्तिम दिन अरु दुई खेलाडीले दिए टक्कर, बाँडियो गोल्डेन बुट

इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजन सकिएको छ म्यानचेस्टर सिटीलाई फेरि एकपटक च्याम्पियनका रुपमा पाउँदै ।

अति नै प्रतिस्पर्धात्मक सिजनको अन्तिम दिन आइतबारको खेलमा जित निकाल्दै म्यानचेस्टर सिटी विजेता बन्यो भने जित निकालेको लिभरपुल एक अंकले पछि पर्दै उपविजेतामा सीमित भयो ।

यो सिजनको लिगमा सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट तीन खेलाडीले पाएका छन् । तीनै खेलाडीले समान गोल गरेका छन् । प्रिमियर लिगमा सिजनको सर्वाधिक गोलकर्ताको सूचिमा लिभरपुलका मोहम्मद सालह थिए । उनलाई पछ्याइरहेका थिए उनै क्लबका साडिओ माने र आर्सनलका पिएर एमरिकले ।

आइतबार रातिको खेलमा सालहले गोल गर्न सकेनन् । मानेले दुई गोल गरे । यस्तै बर्नलीसँगको खेलमा आर्सनलका पिएर एमरिकले पनि दुई गोल नै गरेर र सर्वाधिक गोलकर्ताको सूचिमा उनीहरु दुवैले सालहलाई टक्कर दिए ।

तीनै खेलाडीको समान २२–२२ गोल भयो । सालह लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता बनेका हुन् ।

बैशाख ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्