फोटो फिचर

मगर पहिरनमा यस्ती देखिइन् ज्योती मगर

काठमाडौँ – लोकदोहोरी क्षेत्रकी सक्रिय गायिका तथा मोडल ज्योती मगरको चर्चा प्रायः भइरहन्छ । उनी देश–विदेशका कार्यक्रममा व्यस्त हुन्छिन् । व्यस्तता र चर्चा पहिरनका कारण पनि हुने गरेको छ।

कहिले उनका गीतमा प्रयोग भएका शब्दका कारण चर्चा हुन्छ । उनलाई चर्चा या विवादले शायदै छोडेको होला । अधिकांश कार्यक्रम या म्युजिक भिडियोमा छोटा लुगा लगाएका कारण चर्चा र विवादमा पर्ने गरेकी ज्योती मगर पछिल्लो पटक जातीय पहिचानसहितको पहिरनमा देखिएकी छन्। उनले मगर जातिको पोशाकमा तस्बिर खिचाएकी छन् ।

प्रायः छोटो लुगामा देखिने ज्योती आज मगर पहिरनमा ? भन्ने प्रश्नमा उनले देश सञ्चारलाई भनिन्, ‘त्यस्तो होइन, अब कसले के चर्चा गर्छ सबको ठेक्क त मैले लिन सक्दैन । तर पहिरन त मेरो फरक हुन्छ । मैले छोटो लुगा पनि लगाउँछु । आज जस्तो मगरको पहिरन पनि लगाउँछु, सारी पनि लगाउँछु । तर चर्चा शायद छोटो लुगाको बढी हुन्छ होला ।’

बैशाख ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्