सुनको मूल्य तोलाको ६० हजार!

सांकेतिक तस्बिर

काठमाडौं–  दुई दिनदेखि छापावाला सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मुल्य ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य सात सय रुपैयाँले बढेर ५९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार तेजाबी सुनको मूल्य ५९ हजारमा कारोबार भइरहेको थियो।

त्यस्तै चाँदीको मूल्य सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

बैशाख ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्