सांकेतिक तस्बिर

विराटनगर – खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा चट्याङका कारण आठ जना घाइते भएका छन्।
आइतबार साँझ करिब ७ बजे वर्षासँगै चट्याङ लागेर एकैपरिवारका चार जना घाइते भएको एक नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

राति चट्याङ लागेर मझुवागढी नगरपालिका ५ की ३५ वर्षीया रेणुका विष्टसहित दुई छोरी र एक छोरा घाइते भएका छन्।

घाइते हुनेमा विष्टकी १५ वर्षीया छोरी जानुका, ११ वर्षकी अनुषा र ११वर्षका छोरा अभिषेक रहेकाछन्।

त्यसैगरि सोही स्थानमा बस्ने ७५ वर्षीया खेमकुमारी कट्वाल, ४० वर्षीय पदमकुमारी विष्ट, ३४ वर्षीया मीना कट्वालपनि चट्याङ लागेर घाइते भएकाछन्।

चट्याङकै कारण स्थानीय यूवराज कट्वालको १४ वर्षीया छोरी लक्ष्मी कट्वालपनि घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार, घाइते आठैजनालाई दिक्तेलस्थित जिल्ला अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीका अनुसार उपचारार्थ अस्पताल भर्ना भएका घाइतेको अवस्था सामान्य रहेको छ।

बैशाख ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्