रिना बस्‍नेत मृत्यु प्रकरण: प्रहरीको फरेन्सिक र पोष्टमार्टम रिर्पोट नेगेटिभ

ठमाडौं-गत वैशाख ७ गते शनिबार मृत अवस्थामा फेला परेकी रिना बस्नेत मृत्यु प्रकरणको फरेन्सिक तथा पोष्टमार्टम रिर्पोट नेगेटिभ भेटिएको छ।

घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गर्दै आएको जिल्ला प्रहरी कार्यालय मोरङगका प्रहरी उपरीक्षक मनोज केसीले सो घटनाबारे प्रहरी अन्तिम चरणमा पुगेको बताएकाछन्।

देशसञ्चारसँग सोमबार कुरा गर्दै एसपी केसीले भने, ‘घटनाबारे प्रहरी न्यारो डाउनको अवस्थामा पुगेको छ। भिसेरा पनि नेगेटिभ देखिएको छ।सो रिर्पोटमा मृतकको पेटमा मदिरा फेला परेको छ।’

फरेन्सिक र पोष्टमार्टम रिपोर्ट नेगेटिभ भेटिए पनि प्रावीधिक पक्षको अनुसन्धान भने जारी रहेको एसपी केसीले बताए। प्राप्त पोष्टमार्टम रिपोर्टका अनुसार माथिबाट खस्दा बस्नेतको टाउको र छातीभित्र गहिरो चोट भेटिएको छ।

एसपी केसीका अनुसार यसबीच शंकास्पद तीन जनामाथि गरिएको पोलीग्राफी परिक्षणको पनि नेगेटिभ आएको छ। पोलीग्राफीमा समेत तीनजनाले भनेका कुरा सही भएको बताइएको छ।

पोलीग्राफीका क्रममा हाल प्रहरी मातहत रहेका कमल नेपाल, मनिता नेपाल, र मृतक बस्नेत बसेको घरमा बस्दै आएका मदन गुरागाईमाथि पोलीग्राफी परीक्षण गरिएको थियो। कमल नेपाल सुन्दरहरैंचा-३ का व्‍यापारी भएको बताइएको छ। मनिता उनकै श्रीमती हुन्।

घटनाको केही दिनपछि प्रहरीद्धारा पक्राउ परेका कमल नेपालमाथि भने अनुसन्धान जारी रहेको छ। प्रहरी कार्यालयका डीएसपी घनश्याम श्रेष्ठका अनुसार, प्रहरीले २३ दिनदेखि नेपालमाथि सोधपुछ गरिरहेको छ। त्यसैगरी, पोलीग्राफीका क्रममा तीनैजनाको भनाइ झुठो नभएको पाइएको छ।

बस्नेत मृत्यु प्रकरणमा प्रहरीले हालसम्म करिब ५० जनामाथि सोधपुछ गरिसकेको छ।मोरङगको पथरीशनिश्चरे नगरपालिका निवासी बस्नेतको शव शनिबार बिहान डेरामा बस्दै आएको घरपरिषरमा निवस्त्र अवस्थामा फेला परेको थियो।

त्यसयता घटनाको विस्तृत सत्य तथ्य कुरा सार्वजनिक हुनुपर्ने मागसहित स्थानीयले दुइदिन आन्दोलन समेत गरेका थिए।सो क्रममा पथरीमा तनाव बढ्दा प्रशासनले स्थिती नियन्त्रणमा लिन २९ सेल आश्रु ग्यास प्रहार गरेको थियो। सो क्रममा स्थानीयसहित प्रहरी समेत घाइते भएका थिए।

बैशाख ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू